११ आश्विन २०८३, आइतबार | September 27, 2026

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कबिहीन



काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा १० जना सम्पर्कविहीन भएको आशंका गरिएको छ ।

आइतबार बिहान हिम्लुङ हिमालमा ठूलो हिमपहिरो गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । हिमपहिरोमा परी १० जना सम्पर्कबिहीन भएको प्रारम्भिक सूचना प्राप्त भएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन भनिएका सबै नेपाली नागरिक रहेको प्रारम्भिक विवरण आएको छ । यद्यपि उनीहरूको अवस्था र संख्या यकिन हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हिम्लुङ हिमाल आरोहणका लागि २२ जनाको टोली गएको थियो । टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेको बताइएको छ । टोलीका करिब एक दर्जन व्यक्ति सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी आएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार उनीहरू ‘अल्पाइन ट्रेक एण्ड ट्राभल्स’मार्फत हिमाल आरोहणका लागि गएका थिए ।

घटनालगत्तै उद्धारका लागि काठमाडौंंबाट हेलिकप्टर मनाङ पठाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार एउटा हेलिकप्टरले उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको स्थानमा छाडेर फर्किएको छ भने थप उद्धारका लागि अर्को हेलिकप्टरसमेत परिचालन गरिएको छ ।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : ५२ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर

चोलेन्द्रलाई भेट्न नदिने प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्थाबारे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर । नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा

नारायणगढ–मुग्लिन सडक सुचारु, पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन प्रयास जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका