१२ आश्विन २०८३, सोमबार | September 28, 2026

कालीगण्डकीमा जलसतह घट्यो, विद्युत् उत्पादन सुरु गर्ने तयारी



वालिङ । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ । चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो ।

विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।

“कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,” उनले भने, “अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।”

प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १०ः०० बजेदेखि उत्पादन सुरु गर्न सकिने भएको उनले बताए । कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो । आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । सेतीवेणी बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ । यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : ०७ बजे

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर