८ आश्विन २०८३, बिहिबार | September 24, 2026

भारी वर्षाको सम्भावनापछि गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय दुई दिन बन्द



गुल्मी । सम्भावित भारी वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८, ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको तथा विपद्को उच्च जोखिम हुनसक्ने पूर्वानुमान गरेको छ ।

उक्त मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै विद्यार्थी तथा शिक्षकको सुरक्षालाई ध्यानमा राखी गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरूमा असोज ८ गते बिहीबार र ९ गते शुक्रबार दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण तथा विद्यार्थीको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

गाउँपालिकाले सम्बन्धित विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई उक्त निर्णयअनुसार विद्यालय बन्द गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ८ : ३१ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

पोखरा । अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना

बुटवल कांग्रेस नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

बुटवल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर

भारी वर्षाको सम्भावनापछि गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय दुई दिन बन्द

गुल्मी । सम्भावित भारी वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका