१२ आश्विन २०८३, सोमबार | September 28, 2026

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो



काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर खोलामा पुगेको छ । ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित प्रगति टोलमा सोमबार बिहान ६३५ बजे पहिरोले घर ढालेको हो । ढलेको घर खोलामा पुगेको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन ।

पहिरोका कारण स्थानीय खोला समेत थुनिएको छ । आइतबारदेखि नै उक्त क्षेत्रमा पहिरो खस्न थालेको थियो । आइतबार दिउँसो करिब १ः४० बजे घरको भुइँतलासँग जोडिएको ट्रसले बनेको किचनसमेत करिब २० मिटर तल खसेको थियो ।

घरमा तीन जनाको परिवार बस्दै आएको भए पनि पहिरोको जोखिम देखिएपछि उनीहरू आइतबार नै आफन्तको घरमा सरेका थिए ।

घर ढलेपछि त्यहाँ रहेका सामानहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा चार जनाको टोली खटिएको छ । ललितपुर महानगरपालिकाको नगर प्रहरी टोलीसमेत घटनास्थलमा परिचालन गरिएको छ ।

घटनाको मुचुल्का तयार गर्न सातदोबाटो प्रहरी वृत्तबाट टोली खटाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : २७ बजे

अविरल वर्षाको विपदबाट विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा