१२ आश्विन २०८३, सोमबार | September 28, 2026

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

वेपत्ताको खोजीका लागि १४ जनाको टोली परिचालन



काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १४जना नेपाली उच्च हिमाली कामदार तथा गाइड अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि सोमबार १४ सदस्यीय टोली परिचालन गरिएको छ ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिम्लुङ क्षेत्रमा दुईवटा ट्रेकिङ तथा एक्सपिडिसन कम्पनीका २७ जना नेपाली कामदार आरोहण मार्ग र आधार शिविर तयारीका लागि गएका थिए । हिमपहिरोपछि तीमध्ये ११ जना सम्पर्कमा आएका छन् भने १४ जना सम्पर्कविहीन छन् ।

हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको शव आइतबार साँझ हेलिकप्टरमार्फत हिम्लुङ क्षेत्रबाट मनाङ सदरमुकाम चामे ल्याइएको थियो । ती शवलाई सोमबार बिहान हेलिकप्टरमार्फत काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

खोजी तथा उद्धारका लागि इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक तथा अन्तर्राष्ट्रिय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ जना उच्च हिमाली कामदार तथा गाइड परिचालन गरिएको हो ।

उद्धार टोलीलाई सोमबार बिहान हेलिकप्टरमार्फत हिम्लुङ आधार शिविरमा पुर्‍याइएको छ । आधार शिविरमा टोली पुगेलगत्तै सम्पर्कविहीनहरूको खोजी तथा उद्धार अभियान सुरु गरिएको छ ।

उद्धार टोलीका केही सदस्य भने आइतबार साँझ आधार शिविरबाट फर्किएर मनाङको फु गाउँमा बसेका थिए । आइतबार काठमाडौंंबाट गएको टोली राति चामेमा बसेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार हिमपहिरोमा परी सम्पर्कविहीन भएकामध्ये हिमालयन होलिडेजका १२ जना र एक्सपिडिसन कम्पनीका दुई जना कामदार रहेका छन् ।

आगामी शरद् ऋतुको आरोहण अभियानको तयारीका लागि हिमालयन होलिडेज र इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनका दुई दर्जनभन्दा बढी नेपाली उच्च हिमाली कामदार तथा गाइड करिब दुई साताअघि काठमाडौंंबाट हिम्लुङतर्फ गएका थिए । उनीहरू आधार शिविर निर्माण, आरोहण मार्गको तयारी, डोरी टाँग्नेलगायतका काममा खटिएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ५७ बजे

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि

अविरल वर्षाको विपदबाट विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो

हिम्लुङ हिमपहिरो : २ जनाको मृत्यु, १४ जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी दुई