४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमितलाई परीक्षाबाट बञ्चित नगराउन लोकसेवा आयोगलाई सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई लोकसेवा आयोगको परीक्षाबाट वञ्चिन नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले संक्रमितलाई पनि आयोगका सबै परीक्षामा सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो ।

न्यायाधीस सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीले सुरक्षित रुपमा परीक्षमा सामेश हुन पाउने व्यवस्था मिलाउन पनि आयोगलाई आदेश दिएको छ ।

आदेशमा आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

लोकसेवा आयोगले कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने मापदण्डलाई बनाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ५ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको