१४ आश्विन २०८३, बुधबार | September 30, 2026

स्पेनको शानदार जित, क्रोएसियामाथि ४-१ को विजय



काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले क्रोएसियालाई ४-१ गोलअन्तरले पराजित गरेको छ । सेभियास्थित रामोन सान्चेज पिजहुआन रंगशालामा भएको खेलमा जित निकाल्दै स्पेनले समूहमा आफ्नो पकड बलियो बनाएको छ ।

स्पेनको जितमा लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल र निको विलियम्सले एक-एक गोल थपे । क्रोएसियाका लागि डियन ड्रेना बेलजोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलको दोस्रो मिनेटमै यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, २८औँ मिनेटमा बेलजोले गोल गरेपछि क्रोएसियाले खेल १-१ को बराबरीमा ल्यायो । त्यसको तीन मिनेटपछि, ३१औँ मिनेटमा यामालको पासमा पुबिलले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको स्पेनका लागि ६३औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गरे । उनको गोलसँगै स्पेनले अग्रता ३-१ बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा निको विलियम्सले चौथो गोल थपेपछि स्पेनले ४-१ को फराकिलो जित सुनिश्चित गर्‍यो ।

यस जितसँगै ६ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा रहेको छ भने पराजित क्रोएसिया तेस्रो स्थानमा छ । स्पेनले आफ्नो अपराजित यात्रालाई लगातार ४० खेलसम्म पुर्‍याएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ४७ बजे

असोज १६ देखि प्रदर्शनमा आउँदै ‘चमेलीको पोइ’, ट्रेलर सार्वजनिक

बुटवल । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार

स्पेनको शानदार जित, क्रोएसियामाथि ४-१ को विजय

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

मनाङमै अड्किए पर्यटक

मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

दमौली । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको

बेनीमा खानेपानीको समस्या

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको