१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

शुक्रबार रातिबाट संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य



काठमाडौं । संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शुक्रबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८३/६/१३ को सिफारिसमा संवत् २०८३ असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले बिहीबार मात्रै संसदमा संघीय निजामती ऐनसम्बन्धी विधेयक दर्ता गरेको छ । एकातिर विधेयक संसदमा दर्ता गर्ने अनि अर्कोतिर संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णयले अध्यादेशमार्फत सरकारलाई निजामती विधेयक ल्याउने तयारीमा सरकार रहेको आँकलन गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  १२ : ५५ बजे

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौँ । काठमाडौँको थापाथलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन

संसद अधिवेशनको अन्त्यको सूचना आएपछि मन्त्री रावलले गरिन् निजामती सेवा विधेयकको चर्चा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

शुक्रबार रातिबाट संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने

मध्यराती पहिरो खस्न थालेपछि बेनीबजारमा भागाभाग (फोटोफिचर)

बेनी । काली गण्डकीको त्रारबाट बिस्तारै मुक्ति पाउँदै गरेको म्याग्दीको