२ कार्तिक २०८३, सोमबार | October 19, 2026

सरकारद्वारा राष्ट्रपतिसमक्ष संसद् अधिवेशन स्थगनको सिफारिस, नयाँ मिति अनिश्चित



काठमाडौं । सरकारले यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गर्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ का लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए। तर, सरकारले बिहीबार उक्त मितिमा अधिवेशन सञ्चालन गर्न नसकिने जनाउँदै अधिवेशन रोक्न शीतलनिवासमा नयाँ पत्राचार गरेको हो।

राष्ट्रपतिको सचिवालयका अनुसार सरकारले पठाएको पत्रमा अधिवेशन कहिले पुनः आह्वान गर्ने भन्ने नयाँ मिति उल्लेख गरिएको छैन।

वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले ९ गते अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका थिए । अहिले सरकारले नै उक्त मितिमा अधिवेशन राख्न नसकिने भन्दै स्थगित गर्न सिफारिस गरेको छ । के कारणले १७ गते संसद अधिवेशन आह्वान गर्न नसकिने हो भन्नेबारे खुलिसकेको छैन ।

 

 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ५ : १५ बजे

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

न्धुपाल्चोक । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा