१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

कोरोना बारे भ्रम छर्ने भिडियो युट्युवले हटाउने



एजेन्सी । युट्युवले कोरोना भाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युवमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युवले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युवमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युवका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युवमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।’

स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाइ छ । गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियोहरु सामाजिक तथा मानवहितका लागि हानीकारक भएको युट्युवको ठम्याई छ ।

कस्ता कस्तो भिडियो हटाउने भन्ने बारेमा निर्देशिका नै बनाइएको र आवश्यक गृहकार्यहरु पनि गरिएको युट्युवका प्रवक्ता शाड्लुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : १५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट