६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेशमा पिसिआर परिक्षणको लागी तीनवटा पूर्ण स्वचालित मेसिन जडान



बुटवल । कोरोना भाइरस कोभिड-१९ को पिसिआर परिक्षणकालागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । यो सँगै लुम्बिनी प्रदेशमा तीनवटा पूर्ण स्वचालित मेसिन जडान भएका छन् ।

प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुन्छ ।

म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ईञ्चार्ज प्रेम यादवले जानकारी दिए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसिआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिनको समेत खरिद सम्झौता गरिसकेको छ । बिश्व बजारमा प्रयोगमा आएका नयाँ प्रविधियुक्त उपकरणहरु प्रयोगशालाहरुमा जडान गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

दायरा बढाउन म्यानुअल र स्वचालित दुबै मेसिनले परिक्षण भैरहेको र दशैँ अघि संक्रमण भएका सबै ब्याक्तिलाई पहिचान गरेर संक्रमण समुदाय स्तरमा फैलिन रोक्ने मन्त्री बरालको दाबी छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ६ सय बढी नमूनाको लाम छ । पूर्ण स्वचालित मेसिनले परिक्षण थालेपछि त्यो लाम कम हुने प्रयोगशालाले जनाएको छ ।

अहिलेसम्म प्रयोगशालामा ३० हजार बढी नमूना परिक्षण भएको तथ्यांक छ । प्रदेश पाँचमा ६ वटा सरकारी र दुई वटा निजि प्रयोगशालाबाट पिसिआर परिक्षण भैरहेको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरि तीनवटा पूर्ण स्वचालित मेसिन छन् । प्रदेश प्रयोशालालाई संयुक्त राष्ट्र विकास कार्यक्रम ९यूएनडीपी०ले मेसिन उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४६ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध