१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

पृतनापति समन्वयात्मक बैठक सम्पन्न




काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । हिजोबाट जङ्गी अड्डामा सञ्चालन भएको बैठक आज सम्पन्न भएको ह

बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी अशोक राज सिग्देलले यस वर्ष भएका विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सकलदर्जाले देखाएको उच्च पेसागत दक्षता तथा व्यावसायिकता एवम् सम्पादन गरिएका उदाहरणीय कार्यहरूको लागि धन्यवाद ज्ञापन गरे । उनले प्राप्त जिम्मेवारीलाई आगामी दिनमा समेत कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

बैठकमा सम्पादन भएका कार्यहरूको समीक्षा, वर्तमान परिस्थितिको विश्लेषण, विपद् प्रतिकार्य लगायत समसामयिक विषयहरूमा छलफल गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पृतनापति समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द लगायत अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : ३२ बजे

अठार वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ

नयाँ बसपार्कमा खुल्यो ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा ‘सुरक्षित सडक र सवारी, हामी