१७ आश्विन २०८३, शनिबार | October 3, 2026

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता



ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन् ।

ज्यापू समाज यलद्वारा आज यहाँ आयोजित समाजको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताए ।

सभामुख अर्यालले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे । उनले स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानुन निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने बताए ।

नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : २९ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी । गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन

नेपाली कांग्रेसमा नेता व्यवस्थापनका लागि पदाधिकारी बढाउने तयारी 

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनको पूर्वसन्ध्यामा

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

भोटेकोशीमा बेपत्ता टेकराजलाई श्रीमती कालिका खड्का लेख्छिन् -‘प्रिय ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…’

काठमाडौँ ।प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको