१८ आश्विन २०८३, आइतबार | October 4, 2026

गगन विरुद्ध सभापतिमा उम्मेदवारी घोषणा गरेका राठौर अझै प्रतिनिधि छानिन सकेनन्



नेपालगन्ज । आजबाट सुरु हुने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा सभापति पदमा गगन थापा विरुद्ध उम्मेदवारीको घोषणा गरेका निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौंर महाधिवेशन प्रतिनिधि समेत छानिन सकेका छैनन् । सक्रिय सदस्य सम्बन्धी विवादका कारण राठौंरको सदस्यता रहेको बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि छनौटको निर्वाचन हुन नसकेपछि सभापतिमा उम्मेदवारी दिने राठौंरको घोषणा, घोषणामा नै सिमित हुने अवस्था देखिएको छ ।

सभापतिमा गगन थापा निर्विरोध हुने चर्चा चलिरहेका बेला थापा निर्विकल्प नभएको भन्दै राठौरले आफू सभापतिको उम्मेदवार रहेको घोषणा गरेका थिए । यसअघि निवर्तमान केन्दीय सभापतिका विश्वास पात्रका रुपमा रहेका राठौर विशेष महाधिवेशन पछि भने सभापति गगन थापाको पक्षमा खुलेका छन् । उनको सदस्यता रहेको बर्दियाको क्षेत्र नं २ मा आइतबार बिहानसम्म प्रतिनिधि छनौट हुन सकेको छैन ।

काठमाडौंमा आज महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम भए पनि बर्दियाबाट प्रतिनिधि नै टुंगो नलागेपछि नेताकार्यकर्ता आक्रोशित बनेका छन् ।

कांग्रेस बर्दियाका सभापति अरुणसिंह राठौरले केन्द्रबाट प्रदेश र संघको प्रतिनिधि छनौट एकैपटक गर्ने गरि परिपत्र आएको र त्यसको कार्यान्वयनमा विवाद आएपछि प्रतिनिधि छनौटमा विलम्ब भएको बताए । उनले निर्वाचन समिति र जिल्लाबाट कार्यसम्पादनमा कमीकमजोरी भएको बताए । सोमबारबाट काठमाडौंमा निर्वाचनको मनोनयन सुरुहुने कार्यतालिका रहेकाले बर्दियाको प्रतिनिधित्व असम्भव प्राय देखिएको उनले बताए ।

पार्टीका नेताहरुले निर्वाचन समितिले निर्णय लिन नसकेर असक्षम भएको आरोप लगाएका छन् । निर्वाचनबारे प्रतिक्रिया लिन निर्वाचन समितिका संयोजक अधिवक्ता केशव कोइरालालाई सम्पर्क गर्न पटक पटक फोन गर्दापनि उनले आफ्नो मोबाइल उठाएनन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ०४ बजे

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थकको र्‍याली खुलामञ्च प्रवेश गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि

सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

देवदहमा पेस्तोलबाट गोली फायर, बुटवलका युवक घाइते

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक

रुपन्देहीमा गोली प्रहार गरेर बालिका अपहरणका आरोपी पक्राउ

बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली