१८ आश्विन २०८३, आइतबार | October 4, 2026

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थकको र्‍याली खुलामञ्च प्रवेश गर्दै



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्‍यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्।

महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता तथा प्रतिनिधि समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ(आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्।

पञ्चेबाजासहितको र्‍यालीमा सहभागी नेता–कार्यकर्ताले पार्टीका झन्डा तथा विभिन्न नारासहित खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। र्‍यालीका कारण खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा शुभेच्छुक सहभागी हुँदैछन्।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रमसमेत तय गर्नेछ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : ५२ बजे

पार्टी कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक अहिले पार्टीको केन्द्रीय

उर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४००

कांग्रेसमा २१ सदस्यीय पदाधिकारी बन्ने, वरिष्ठसहित चार उपसभापति रहने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या १७ बाट बढाएर

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय

कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि समर्थकको र्‍याली खुलामञ्च प्रवेश गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि