१९ आश्विन २०८३, सोमबार | October 5, 2026

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु



दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२-००१ ख ०१११ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका-३ मजगाउँमा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगरको मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तीव्रगतिमा लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बसमा ठोक्किएको थियो ।

दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका-८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् । घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : ५७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला

उद्योग वाणिज्य र उपभोक्ता हित संघीय संसदीय समितिमा पश्चिम नेपालको आर्थिक समृद्धिको खाका प्रस्तुत

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँके

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक