२१ आश्विन २०८३, बुधबार | October 7, 2026

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट सकिएको बताएका हुन्। “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उनले भने ।

सभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताए । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको सभापति थापाले बताए। उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताए । सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : ५२ बजे

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

काठमाडौँ । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले

कांग्रेस महाधिवेशन : उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश