काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ ।
महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् । अहिले राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ बागमती प्रदेशको मतदान भइरहेको छ । खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान भइरहेको छ । मतदान सकिएपछि आजै मतगणना गरिने छ ।
यसैबीच वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको नामसहित प्यानल बनाएर गोप्य चिट बाँडिएपछि कांग्रेसी वृत्तमा हलचल मच्चिएको छ । सभापति गगन थापाले कुनै प्यानल नभएको प्रतिक्रिया दिएका छन् ।
















प्रतिक्रिया