२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, झलनाथ अनुपस्थित



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसोबाट बैठक सुरु भएको हो ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूले बताएका छन् । स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने नेकपा प्रवक्ता प्रकाश ज्वालाले बताए। यसअघि घोषणा भएको दुई महिने अभियान सञ्चालनबारे बैठकले निर्णय लिने उनले बताए।

बैठकमा नेता झलनाथ खनालले थालेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने जनाइएको छ। खनाल भने बैठकमा सहभागी भएका छैनन् ।

स्रोतका अनुसार खनालले नेकपा छाड्ने मनस्थिति बनाएका छन् । सके समाजवादी जागरण अभियान थाल्ने, नसके पुरानै पार्टी एमाले फर्किने उनको तयारी रहेको खनाल निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : ३० बजे

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद

नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा सात एजेन्डामा छलफल हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो