२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने



काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

देशका पाँच जिल्लामा रहेका सहकारी ठगीमा मुछिएका रविको मुद्दा अझै अदालतमा विचाराधीन छ । महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेसँगै रुपन्देही, पोखरा, चितवन जिल्ला अदालतले फिर्ता लिएका छन् । अब रविविरुद्ध सहकारी ठगीको कसुर मात्र अदालतमा विचाराधीन छ ।

जिबी राईको गोर्खा मिडिया नेटवर्कमा देशका विभिन्न सहकारीको पैसा गएको र अपचलन गरेको कसुरमा रविविरुद्ध ठगी मुद्दा परेको हो । अदालतले रविलाई काठमाडौंमै विभिन्न अदालतमा रहेका तारेख बुझ्न सुविधा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  २ : ३५ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद