२४ आश्विन २०८३, शनिबार | October 10, 2026

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति



बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति व्यहोर्नु परेको हो ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु १० करोड बराबरको भौतिक क्षति पु¥याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताए ।

निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो । यस्तै निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्तीमगरको मृत्यु भएको थियो ।

गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ठूलो क्षति बनाएको छ । झिवाखोला बजारको पुरानो बजार, हाडवर्यर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पु¥याएको छ ।

गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । गाउँपालिका भरमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले रु नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ । सडक पूर्वाधारमा रु तीन करोड ४० लाख, भवन तथा आवासमा रु पाँच करोड ३० लाख, खानेपानीमा रु पाँच लाख १२ हजार, सिँचाइमा रु ३५ लाख ३८ हजार, विद्युत्मा रु ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु २० लाख, कृषि क्षेत्रमा रु ३३ लाख २८ हजार नोक्सानी भएको छ ।

बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुर्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनाएको छ । कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ८ : ०२ बजे

रामलीला मञ्चनको तयारी पूरा, आइताबार रातीबाट औपचारीक मञ्चन सुरु हुने

नेपालगन्ज । नेपालगन्जमा रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुने

कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका

भौतिक विकासले फेरिँदै भोजपुरको च्याङ्ग्रे क्षेत्र

भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी