२६ आश्विन २०८३, सोमबार | October 12, 2026

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी




खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्टस क्लब, र एन.के. स्पोर्टस क्लब विजयी भएका छन ।

न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा खजुरा मिनि रंगशाला डि गाउँमा जिल्लाका खेलाडीले मात्र खेल्न पाउने गरि गरिएको प्रतियोगिताको दोस्रो दिन न्यू भद्रकाली स्पोर्टस क्लबले न्यू बागमति स्पोर्टस क्लबलाई खेलको अन्तिम समयमा गोल गर्दै भद्रकालिका लागि जित निकालेको हो । न्यू भद्रकालीका जर्सि नम्बर ७ का निसान्त रानामगरले गोल गरि विजयी बनेको थियो ।

यस्तै सोमबार भएको अर्को खेलमा एन.के. स्पोर्टस क्लबले जित निकालेको छ । एन.के. स्पोर्टस क्लब र भगवती स्पोर्टस क्लब बीच भएको प्रतिपर्धामा खेलको पुरा समयसम्म दुवैतर्फ कुनैपनि स्कोर हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा एन.के. स्पोर्टस क्लबले ४ र भगवती स्पोर्टस क्लबले २ गोल मात्र गरेपछि जित एन.के. स्पोर्टसले निकालेको न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष बालाराम खत्रीले जनाए ।

प्रतियोगितामा मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल जय किसान स्पोर्टस क्लब र नव ज्योती युवा क्लब बीच दुई बजे पछि हुनेछ भने दोस्रो खेल न्यू डाँफे स्पोर्टस क्लब(बि) र एन.के. स्पोर्ट्स क्लब बीच प्रतिश्पर्धा हुने अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रीले बताए ।

क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन् । प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगीले जनाए । दशै र तिहारको अवसर पारेर आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ९ : १७ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको