२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै



काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमीका दिन दसैँघर तथा पूजाकोठामा स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा उल्लेख छन् । पार्वतीको आज्ञा स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म लिएकाले उनको नाम स्कन्दमाता रहन गएको धार्मिक कथा प्रचलित छ । स्कन्दको अर्थ सनतकुमार रहेको बताइन्छ ।

स्कन्दमाताको प्रतिमामा उनलाई सिंहासनमा विराजमान र दुवै हातमा कमलको फूल धारण गरेकी देवीका रूपमा चित्रण गरिएको पाइन्छ । नवरात्रका अवसरमा स्कन्दमाताको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजाकोठामा जौको जमरा राखेर देवी दुर्गाको आह्वान गरिन्छ । त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डाको पूजा आराधना गर्ने परम्परा छ । पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ । वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । यी नौ देवीलाई नवदुर्गा भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ । नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ७ : ४२ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

कञ्चनपुर । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित