काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जुनीचाँदे गाउँपालिकाको कल्ली स्याला निवासी २० वर्षीय सन्तबहादुर बस्नेत र ३० वर्षीया विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् । घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया