२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने



काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताले असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रविष्ट गर्नुपर्ने भएको छ ।

विभागका अनुसार २०८३ साल असोज १६ देखि ३१ गतेसम्मको अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले शनिबारभित्र आफ्नो खरिद बिलको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

उक्त अवधिका बिल प्रविष्ट गरेका उपभोक्ताले प्राप्त गर्ने उपहार कुपनको गोलाप्रथा कात्तिक १ गते खोलिने र विजेताको घोषणा गरिने विभागले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन उपभोक्ताले विभागको आधिकारिक वेबसाइट ird.gov.np मार्फत सम्बन्धित प्रणालीमा गई खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन् ।

विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ । त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न व्यवसायीहरूलाई अनुरोध गरेको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत उपभोक्तालाई खरिद बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायमा बिलबिजक जारी गर्ने प्रवृत्तिलाई बढावा दिने विभागको उद्देश्य छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  १० : २३ बजे

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको

कांग्रेस महाधिवेशनको मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन