४ कार्तिक २०८३, बुधबार | October 21, 2026

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्



काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् ।

कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित हुन्छन् ।

अरुको दसैँलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेका घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउँछन् ।

उनले भने, “सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं । यो कतिबर्ष भन्ने होइन कि कैयौँ बर्षसम्म पनि यस्तै हुने गरेको छ ।”

संवेदनशील जिल्लाहरुमा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उनले बताए । जिम्मेवारी लिएकाले विदा पाउँदैनन् । अन्यले मिलाएर न्यूनतम सङ्ख्या मात्रै परिवारसँग दसैँ मनाउने उनले जानकारी दिए ।

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले दसैँ मनाउन पाउँदैनन् ।

त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरुले पनि विदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउँछन् ।

चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डको हुने भएको विदा नपाउने उनको भनाइ छ । उनले भने, “चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ ।”

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दसैँको टीका थाप्न नपाउने बताउँछन् ।

बहिरङ्ग सेवा बाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी विदा बस्न नपाउने उनको भनाइ छ ।

उनीहरुले दसैँ र तिहार पालो मिलाएर विदा लिने गर्दछन् । बगालेले भने, “जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ ।”

पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन् । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउँछिन् ।

उनले भनिन्, “दसैँ र तिहारमध्ये आलो पालो गरेर विदा मिलाइन्छ ।” जसका कारण ५० प्रतिशत नर्सले दसैँमा परिवारसँग टीका थाप्न नपाउने उनको भनाइ छ ।

विदेशमा ठूलो सङ्ख्यामा नेपाली छन् । उनीहरुमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन् । कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दसैँमा नेपाल आउने गर्दछन् ।

चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपुगेका विष्णु पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताउँछन् । उनले भने, “विदेशमा रहनेले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन् ।”

यस्तै अन्य क्षेत्रमा पेशा गर्नेहरु पनि टीका लगाउनबाट बञ्चित हुन्छन् । सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन् । आलो पालो गरेर उनीहरुले काम गर्छन्

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  २ : ५५ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने