५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते



काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए)ले बुधबार जारी गरेको विज्ञप्तिमा घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको जनाएको छ। सबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्राधिकरणले जानकारी दिएको छ।

यसअघि बुधबार नै साउदी अरबको ऊर्जा मन्त्रालयले शैबह तेल क्षेत्रमा रहेको सरकारी तेल कम्पनी साउदी अराम्कोको संरचनालाई लक्षित गरी आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले अवरोध गरेको जनाएको थियो। ड्रोन निष्क्रिय पारिएपछि खसेको भग्नावशेषका कारण भएको घटनामा दुई जनाको मृत्यु भएको थियो। मृतकमध्ये एक जना नेपाली र अर्का फिलिपिन्सका नागरिक थिए। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका थिए।

दमाम विमानस्थलमा भएको आक्रमण र शैबह तेल क्षेत्रमा भएको घटनाबारे अधिकारीहरूले छुट्टाछुट्टै विवरण सार्वजनिक गरेका छन्।

यमनमा हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारका सेनाबीच द्वन्द्व जारी रहेका बेला साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी भएका पछिल्ला घटनाले सुरक्षा चुनौती बढाएको छ।

साउदी अरबमा भएको तेल क्षेत्रसम्बन्धी घटनामा नेपाली नागरिकको मृत्यु भएपछि त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चासो बढेको छ। यद्यपि, दमाम विमानस्थलमा भएको पछिल्लो आक्रमणमा नेपाली नागरिक प्रभावित भए वा नभएको विषयमा उपलब्ध विवरणमा खुलाइएको छैन।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ९ : ४० बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११