बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । आज साँझ अन्दाजी ५ः१५ बजेको समयमा पाल्पा तिनाउ-३ माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी दुर्घटनाबाट गुल्मी धुर्कोट-४ जैसीथोककी ३७ वर्षिया माँया कुवँरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गुल्मी देखि पाल्पा हुँदै बुटवल तर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोहि दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिँदा स्कुटरमा सवार जिल्ला गुल्मी धुर्कोट-४ जैसीथोककी माँया कुवँर र स्कुटर चालक गुल्मी ईस्मा-४ की ३६ वर्षिया केशरी कुवँर घाईते भएकोमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा माँया कुवँरको मृत्यु भएको हो ।
स्कुटर चालक केशरी कुवँर सामान्य घाईते भएकी छन् भने बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया