१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

उदयपुरमा स्कोरपियो दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु



सुनसरी । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको स्कोरपियो दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-१४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ-९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै करिव ३२ वर्षका पुरुष, ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए । पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ-९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया-४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : ५६ बजे

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना