काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
तीन खेल खेलिसकेको विराटनगरले एक खेलमा मात्रै जित हासिल गरेको छ । चौथो खेलमा विराटनगर दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।
जनकपुर बोल्ट्सले भने तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
लुम्बिनी लायन्सले दुई खेलमध्ये एकमा जित निकालेको छ भने अर्को खेल वर्षाका कारण अंक बाँडेको थियो । लुम्बिनी आज पनि आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा मैदान उत्रनेछ ।
पोखरा एभेन्जर्सले भने सुरुवाती दुई खेलमा जित निकाल्न सकेको छैन । लगातार दुई खेलमा पराजित पोखरा आज पहिलो जितको खोजीमा हुनेछ ।
















प्रतिक्रिया