१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

एनपिएल : काठमाडौं गोर्खाजले जित्यो टस, कर्णाली याक्स ब्याटिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर बलिङ रोजेको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ रोजेका हुन् । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्ने छ । 

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित काठमाडौं एनपीएलमा पहिलो जित निकाल्न चाहन्छ । यता कर्णाली याक्स काठमाडौंलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । 

कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रन र दोस्रो खेलमा विराटनगर किंग्समाथि चार विकेटको जित निकालेको थियो । आज काठमाडौं गोर्खाजमा अस्ट्रेलियन पूर्वखेलाडी डेभिड वार्नर मैदानमा उत्रिँदैछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १२ : ४० बजे

वित्तीय संघीयता बलियो बनाउने एजेन्डासहित सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्री जुट्दै

सुर्खेत। प्रदेश सरकारको आर्थिक अधिकार, राजस्व संकलन क्षमता र संघ,

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने

इनम सापकोटा र मिडियामा प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बिचौलिया इनम सापकोटा र पछिल्लो समय

एनपिएल : काठमाडौं गोर्खाजले जित्यो टस, कर्णाली याक्स ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध काठमाडौं

सुन तोलामा २३ सय र चाँदी ७० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको