काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
जनकपुर लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो । जनकपुर तीन खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
यता, विराटनगर किंग्स पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको विराटनगरले पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएको थियो ।
विराटनगर तीन खेलबाट दुई अंक जोड्दै तालिकाको छैटौँ स्थानमा रहेको छ ।
















प्रतिक्रिया