१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

कारागारबाट कैदी फरार प्रकरण : घटनाको छानबिन गर्न डिआईजी सापकोटा डोल्पामा



सुर्खेत । गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएको प्रकरणको छानबिन गर्न बनेको टोलिसँगै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा मंगलबार डोल्पा पुगेका छन् ।

उनीसहित डोल्पामा केन्द्रीय छानविन टोलीसमेत पुगेर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले जनाकारी दिए ।

‘कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतको नेतृत्वमा छानविन टोली गठन भएको थियो । उक्त टोली पनि आजै डोल्पा पुगेर आवश्यक अनुसन्धान गर्न सुरु गरेको छ,’ उनले भने, ‘कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्नेछ ।’

शुक्रबार राति ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका कैदीले करिब चार मिटर लामो सुरुङ खनेर भागेका थिए । भागेका कैदीमध्ये दुईजना आजै रुकुममा फेला परेका छन् ।  अझै ६ फेला पर्न सकेका छैनन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नपा १० घर भएको जर्वजस्ती करणी मुद्दाका अभियुक्त ३२ वर्षीया रामबहादुर बिक र सल्यान जिल्लाको कुमाख गापा-५ घर भएका जर्वजस्तीकरणी कसुरमा कारागारमा रहेका २८ वर्षको रेशम राना छन् । अझै ६ जना फरार छन् ।  

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १ : ४९ बजे

समाजलाई अति दलीयकरणबाट मुक्त गरौँ : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र

उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिष्ट पार्टीमा समाहित

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेतृत्वको

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल

कार्यभार सम्हाल्न नेपाल आइपुगे भारतका नवनियुक्त राजदूत दलेला

काठमाडौं । भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा