१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिष्ट पार्टीमा समाहित



काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित हुने भएको छ ।

दुई पार्टीबीच एकता र कम्युनिष्ट आन्दोलनको एकीकरण गर्ने सम्बन्धमा सहमति भएपछि भुजेल नेतृत्वको समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको हो ।

पार्टी एकतासम्बन्धी सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीकी नेता उमा भुजेलले आज (कार्तिक १७ गते) हस्ताक्षर गरेका छन् ।

विगतमा नेकपा (माओवादी)को नेतृ रहेकी भुजेल यसअघि नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेता रहेकी थिइन । उनले केही महिनाअघि मात्र चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेकी थिइन ।

सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ ।

सहमतिअनुसार एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहनेछ । त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्ने तत्कालीन कार्यनीति तय गरिएको छ ।

एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिह्न पाँचकुने तारा हुने सहमतिपत्रमा उल्लेख छ ।

संगठनात्मक संरचनाका विषयमा दुवै पार्टीका केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायहरू सहमतिका आधारमा समायोजन गरिनेछ । त्यस्तै, सबै तहका पार्टी समिति र जनसंगठनहरूको एकता तथा समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

पार्टी एकता प्रक्रियालाई पूर्णता दिन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने सहमतिपत्रमा उल्लेख छ ।

सहमति पत्रमा आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण हुने उल्लेख गर्दै परिस्थिति र आवश्यकताअनुसार सडक, संसद् र सरकारलगायतका सबै मोर्चालाई आन्दोलनका रूपमा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, सिद्धान्त, विचार र विगतको राजनीतिक समीक्षालगायतका विषयमा रहन सक्ने मतभेदलाई निरन्तर छलफलमार्फत समाधान गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति पनि गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ३ : २७ बजे

विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय

शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा

एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट