२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो



गोरखा । गोरखाको धार्चे गाउँपालिका-१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा भीषण सुक्खा पहिरो गएको छ । यारू पुल नजिकैको बगर क्षेत्रमा पहिरो खसेको हो ।

पहिरोका कारण मानवीय तथा भौतिक क्षति नभएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माले जानकारी दिए । घटनाबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगिसकेको उनले बताए ।

पहिरो खस्दा ठूलो परिमाणमा ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगेको छ । तर, पहिरोका कारण नदी थुनिने अवस्था नरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

पहिरो गएको क्षेत्रमा थप जोखिमको अवस्था रहे-नरहेकोबारे प्रहरीले अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १२ : ०८ बजे

Your email address will not be published.

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

भक्तपुर । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक

एनपिएल : विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सले

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

काठमाडौं । दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण

‘इनम’सँग कनेक्सन रहेको आशंकामा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ

टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही हुन्छ : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जनताले