२ मंसिर २०८३, बुधबार | November 18, 2026

फास्ट ट्रयाकअन्तर्गत आज महादेवटारमा ३.४५ किमि सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुँदै



काठमाडौं । काठमाडौं–तराईरमधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भीमफेदी र बकैया गाउँपालिका जोड्ने सुरुङ छिचोल्न लागिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार राष्ट्रपति पौडेल बुधबार बिहान साढे ९ बजे हेलिकप्टरमार्फत महादेवटार पुगेका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये आज ब्रेक थ्रु गरिने सुरुङको लम्बाइ करिब ३.४५ किलोमिटर छ । यस्तै यसअघि भदौ महिनामै ब्रेक थ्रु भइसकेको अर्को सुरुङको लम्बाई ३ किलोमिटर ४८६ मिटर लामो छ । 

आजको ब्रेक थ्रुसँगै महादेवटारमा समानान्तर रूपमा निर्माण गरिएका दुवै सुरुङको खन्ने काम पूरा हुनेछ । 

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जोड्ने द्रुतमार्गको कुल लम्बाइ ७० किलोमिटर ९७७ मिटर छ । यसमा सातवटा सुरुङ निर्माण भइरहेका छन् । सात सुरुङको कुल लम्बाइ ११.२ किलोमिटर रहेको छ ।

महादेवटारसँगै यसअघि मकवानरमै पर्ने धेद्रे र लेनडाँडा सुरुङको पनि ब्रेक थ्रु भइसकेको छ । धेद्रे सुरुङ एक हजार ६९१ मिटर र लेनडाँडा सुरुङ एक हजार ६२३ मिटर लामो छ । यी सुरुङमा अहिले फिनिसिङको काम भइरहेको छ । द्रुतमार्गमा भित्रिने र बाहिरिने सवारीका लागि समानान्तर सुरुङ निर्माण गरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १० : ३४ बजे

Your email address will not be published.

फास्ट ट्रयाकअन्तर्गत आज महादेवटारमा ३.४५ किमि सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौं । काठमाडौं–तराईरमधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सबैभन्दा लामो सुरुङको

दानबहादुर कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले

साइबेरियामा रुसको सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रमा रुसी सेनाको सैन्य

कोप-३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को अध्यक्षताले

देशका पाँच सुकुम्बासीमुक्त पालिकामा जैमिनी पनि

बागलुङ । बागलुङको जैमिनी नगरपालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या