२१ भदौ २०८३, आइतबार | September 7, 2026

भव्य बन्यो रानीपोखरी, सर्वसाधारणका लागि कहिले खुल्छ ?



काठमाडौं । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ ।

केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यतिबेला कायापलट भएको छ । कञ्चन रानीपोखरीमा दरबार हाइस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तरपूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ ।

यसवर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने भएको छ । बुधबार यसको औपचारिक उद्घाटन गरिएपछि तिहारमा आम नागरिकका लागि खुला गर्ने निर्णय गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार सोमबार र मङ्गलबार सरसफाइ र सजावटको काम सकिएपछि रानीपोखरी नागरिकका लागि खुला गर्न तयार हुनेछ ।

रानीपोखरीमा सोमबार दर्जनौँ कामदार यसलाई अन्तिम रूप दिन खटिएका थिए । रेखदेखकर्ता दोर्ची शेर्पाका अनुसार छुटेको रङ्गरोगन, टालटुलसहित सरसफाइ र बगैँचा सजाउने काम भइरहेको छ । मङ्गलबारदेखि सुरक्षाकर्मी तैनाथ हुनेगरी व्यवस्थापन गरिएको छ । झण्डै एक सय कामदारको समूहले रानीपोखरीलाई थप चम्काउने काम मङ्गलबार साँझसम्म भ्याउनेछन् ।

गतवर्षको भदौ अघिसम्म भने भक्तपुरबाट आएका सम्पदा निर्माण गर्ने महिला सहितको टोलीले प्रारम्भिक चरणको काम सकेका थिए । पोखरीका डिलमा बनेका प्राचीन इँटामा रङ्गरोगन र टालटुल गर्न व्यस्त राम श्रेष्ठले चिल्ला, आकर्षक डिलसँगै पर्खालको काम गरिरहेको बताए ।

पहिले आउँदा काम कताबाट सुरु गर्ने जस्तो लागेको थियो, अहिले देख्दा मनै फुरुङ्ग हुन्छ, उनिले सुनाए । राजा प्रताप मल्लका पालामा बनेको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर र आसपासका संरचना त्यही समयको ढाँचामा निर्माण गरिएको हो ।

९० सालको भूकम्पमा भत्किएपछि फरक शैलीको मन्दिर बनेको थियो । २०७२ सालको भूकम्पले गर्दा रानीपोखरी भग्नावशेषमा परिणत भएको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : २३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त