८ मंसिर २०८३, मंगलबार | November 24, 2026

सुनकोसी-मरिणको ठेक्का रद्दका कागजात ७ दिनभित्र बुझाउन लेखा समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र सम्पूर्ण आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भरत खड्काले ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि थप अनुसन्धान र छलफल अघि बढाइने बताए ।

आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको ठेक्का प्रक्रिया अन्तिम समयमा रद्द गरिएको भन्दै समितिमा उजुरी परेपछि यस विषयमा छलफल अघि बढाइएको हो ।

उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भई प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द गरिएको उल्लेख छ । यसरी ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्ने र आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीकर्ताले गरेका छन् ।

सुनकोसी–मरिण डाइभर्सन आयोजनाले बाँध, विद्युत्‌गृह तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको उक्त ठेक्कामा तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए ।

ती कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला आयोजनाले कात्तिक दोस्रो साता बोलपत्र प्रक्रिया रद्द गरेको थियो ।

आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा ९२० अनुसार ठेक्का प्रक्रिया रद्द गरिएको जनाएको थियो । तर, ठेक्का रद्द गर्नुको विस्तृत कारण भने सूचनामा खुलाइएको थिएन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि ठेक्का प्रक्रिया प्रचलित ऐन तथा नियमावलीविपरीत भएको पाइएपछि रद्द गरिएको जनाएको थियो ।

ठेक्का रद्द गर्ने निर्णयको औचित्य, कानुनी आधार तथा त्यसबाट राज्यलाई पर्न सक्ने आर्थिक असरबारे समितिले आवश्यक कागजात अध्ययन गरी थप निर्णय गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ११ : ४२ बजे

Your email address will not be published.

विपद् प्रभावित क्षेत्रका लागि बागमती सरकारले छ अर्ब परिचालन गर्ने

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित

सुनकोसी-मरिणको ठेक्का रद्दका कागजात ७ दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको

सुनको प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय

अयोध्या-जनकपुर जोड्ने ‘सरयू-कमला एक्सप्रेस’ जनकपुरधाम आइपुग्यो

जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा