काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै देशैभर जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना बसेका छन् । बुधबार पत्रकार महासंघ बाँकेको आह्वानमा नेपालगन्ज स्थित जिल्ल प्रशासन कार्यालयको मुलगेट अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको छ ।
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघ बाँकेले बिहान ११ः३० बजे जिल्ला प्रशासन कार्यालय बाँके अगाडि धर्ना दिएको हो। कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, शाखा अध्यक्ष नवीन गिरिले सरकारका प्रेस बिरोधी कृयाकलापका कारण पत्रकारहरु आन्दोलित हुन बाध्य हुनुपरेको बताए ।
धर्नामा बिभिन्न पत्रकार सम्बद्ध संस्थाका पदाधिकारीहरु, महासंघका पूर्व अध्यक्ष निरज गौतम, झलक गैरे, रुद्र सुबेदीलगायत क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सबै जिल्लाका सदरमुकाममा पत्रकार महासंघले धर्ना कार्यक्रम आयोजना गरेको छ । सरकारले आफ्नो विरोध गरेर समाचार लेख्ने पत्रकार र मिडियामाथि धरपकड गरेपछि पत्रकार महासंघले सामूहिक धर्नाको कार्यक्रम आयोजना गरेको हो ।
















प्रतिक्रिया