काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार दिउँसो बुढानिलकण्ठस्थित उनको निवास पुगेका थिए। दुवै जनाबीच पाँच घण्टा भेटवार्ता भएको बताइएको छ ।
सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न सो भेटमा विभिन्न विषयमा कुराकानी भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । “प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण कुराकानी भयो, भेटमा विशेष गरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो ।” उनले भने ।
मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीबारे पनि छलफल भएका छ तथा सरकारले जारी गरेको अध्यादेश र आगमी संसद् अधिवेशनका विषयमा पनि कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
















प्रतिक्रिया