३ पुस २०८२, बिहिबार | December 18, 2025

केन्द्र सरकारलाई चुनौती दिँदै लुम्बिनी प्रदेशमा कोरोनाको नि:शुल्क उपचार गरिँदै



बुटवल । संघीय सरकार कोरोना संक्रमितहरुको नि-शुल्क उपचारबाट पछि हटेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले भने लक्षण सहितका सबै संक्रमितको उपचार नि:शुल्क गर्ने भएको छ ।

प्रदेशका ४ वटै कोरोना बिशेष अस्पतालमा लक्षण सहितका वा अस्पतालमा बस्नु पर्ने अवस्थाका सबै कोरोना संक्रमितको उपचार नि:शु्ल्क गर्ने भएको हो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा शुल्क नलाग्ने जानकारी दिएका छन् उनले स्टाटसमा लेखेका छन्, ‘सरकारले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत राखेका छ’।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकले कोरोना भाइरस संक्रमणको उपचार आफै गर्नु पर्ने, शव ब्यवस्थापन आफैले गर्नुपर्ने तथा पीसीआर शुल्क पनि नागरिकले नै तिर्नु पर्ने सुचना जारी गरेपछि आम नागरिकले सरकारको खोजी गरेका थिए । नागरिकबाट सरकार नभएको भन्दै चर्को आलोचना आईरहेका बेला मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका ४ वटा अस्पतालमा नि:शुल्क उपचार भईरहेको जनाएका हुन् ।

संघीय सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त, एकल महिला,अपाङ्ग, अग्रभागमा खछिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको लक्षण देखिएको अवस्थामा निशुल्क उपचार गरिने र त्यसबाहेकका कोरोना संक्रमित बिरामीहरुको शुल्क लिने बताएको थियो ।

सरकारको निर्णय लगत्तै सरकारको स्वामित्वमा रहेका कतिपय अस्पतालहरुले निर्णयहुनु पुर्व अस्पताल भर्ना भएका संक्रमितहरुलाई समेत रकम जम्मा गर्न सुचना जारी गरिसकेका छन् । निजामती कर्मचारीहरुको लगानी भएको सिभिल अस्पतालले त बिरामीहरुले क्यान्टीनमा समेत धरौटी रकम जम्मा गर्न सुचित गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  २ : ४६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका