७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म, राष्ट्रिय परीक्षा बोर्डद्वारा रुटिन सार्वजनिक (तालिकासहित)



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेदेखि परीक्षा सुरु गर्नेगरी रुटिन सार्वजनिक गरेको छ । परीक्ष ९ गतेबाट सुरु भै १६ गते सकिनेछ ।

गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना भाइरसको संक्रणम देखिन थालेपछि सरकारले लगाएको लकडाउनका कारण स्थगित भएको थियो ।

परीक्षासम्बन्धी पुरानो नियमलाई एकपटकका लागि निलम्बन गर्दै नयाँ कार्यविधि बनाएर परीक्षा लिन लागिएको हो । नयाँ कार्यविधी अनुसार विद्यार्थीहरुले यो वर्षको परीक्षा आफैले पढेको विद्यालयमै दिन पाउनेछन् । यसअघिका परीक्षामा एउटा विद्यालयका विद्यार्थीको परीक्षा केन्द्र अर्को विद्यालयमा हुने गरेको थियो ।

यसैगरी आफ्नो विद्यालय भन्दा बाहिर रहेका विद्यार्थीले आफु नजिक रहेको विद्यालय (परीक्षा केन्द्र)बाट परीक्षा दिन पाउनेछन् ।

प्रयोगगात्मक विषयको अंक भारलाई यथावत राखि सैद्धान्तिक तर्फको अंक भारलाई शत प्रतिशत मानि सो को ४०, ४० र २० प्रतिशत अंक भार निर्धारण गरिएको छ ।

विद्यार्थीले १०० पूर्णाकमध्ये जम्मा ४० प्रतिशतको मात्रै लिखित परीक्षा दिनेछन् । बाँकी ४० प्रतिशत कक्षा ११ को रिजल्टबाट समावेश हुनेछ भने २० प्रतिशत विद्यार्थीको आन्तरिक मूल्यांकन गरी विद्यालयले नै प्रदान गर्नेछन् ।’

यसपटक विद्यार्थीको उत्तर पुस्तिका परीक्षणसमेत आफ्नै विद्यालयमा हुनेभएको छ । यसको सम्परीक्षण मात्र राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ ।

तर, यदि विद्यालयमा उत्तर पुस्तिका परीक्षणका लागि परीक्षा बोर्डले तोकको योग्यता पुगेका विषय शिक्षक नभएमा बोर्डका सम्बन्धित कार्यालयसँग समन्वय गरी उत्तरपुस्तिका परीक्षण गराइनेछ ।

कोरोना भाइरसको महामारीका बीच हुन लागेको परीक्षा भएका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै परीक्षा लिने व्यवस्था मिलाइएको परीक्षा बोर्डले जनाएको छ । जसअनुसार कोरोना संक्रमण भएको पुष्टि भएका विद्यार्थीले पुनः परीक्ष दिन पाउनेछन् । यसैगरी कोरोनाको शंका लागेका विद्यार्थीलाई विद्यालयमा छुट्टै कक्षा कोठामा राखेर परीक्षा दिन लगाइने कार्यविधि बनाइएको छ ।

दुई जना विद्यार्थीबीचको दुरी दुई मिटर तय गरी सिट प्लानिङ गर्ने व्यवस्था मिलाइएको छ भने एउटा परीक्षा हलभित्र २० जना विद्यार्थीलाई मात्र राखिनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : २७ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट