१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमिलाई कोरोना संक्रमण



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमिलाई कोरोना संक्रमण भएको छ ।

भट्टराई दम्पतीले शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

कातिक ७ गते शुक्रबार पीसीआर परीक्षण गराएकोमा आज बिहान नतिजा पोजेटिभ आएको हो ।

डाक्टर भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ ट्विटरमा उनले लेखेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

 

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १० : ०५ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा