१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

अनिष्ट हुने त्रासले जमरा राख्दैनन माझी समुदाय



बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दसैंको रौनक छ ।  कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो ।

विसं २०४८ तिर बागलुङ-पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।

विस्थापित परिवारका पुस्तौंपुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दसैंमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दसैंको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।

दसैंका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा घटस्थापनामा राख्‍ने चलन भने छैन । “हाम्रा परम्परा यस्तै हो भन्ने किंवदन्ती छ, मैले जान्‍ने भएदेखि जमरा घरमा राखिएको छैन, मागेर लगाउने चलन छ,” माझी बस्तीका ३३ वर्षीय कृष्ण माझीले भने । आफू जान्नेबुझ्‍ने भएदेखि दसैंको टीका लगाए पनि जमरा राखेको थाहा नभएको उनी बताउँछन् ।

माझी दसैंको दिन टीकाजमरा त लगाउँछन् तर जमरा मागेर । यस वर्ष दसैंमा पनि खनियाबासको माझी समुदायले कसैका घरमा झमरा राखेका छैन । माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् । माझी समुदायमा अन्यत्र बस्‍नेले भने जमरा राख्छन् । “माझी भए पनि हाम्रो माइत त जमरा राख्नुहुन्छ,” स्थानीयवासी फूलकुमारी माझीले भनिन्, खै कुन्नि किन हो, यहाँ त जमरा नराख्‍ने चलन रहेछ ।”

‘जिजुबाजेको पालामा त जमरा राख्थे रे, कुन्नि के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ’,उनले थपिन्, ‘खनियाबास र मालढुंगामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ ।’

अर्काका घरबाट जमरा लिएर भए पनि लगाउने, मीठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजुबाजेका पालादेखि नै दसैंका लागि जमरा राख्‍न छाडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ छ ।

“जुन वर्ष जमरा राख्यो त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छाडिएको किंवदन्ती छ”, उनले भने, “वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे । दसैं मनाउन छाडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दशैं चाहिँ मनाइन्छ ।”

अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दसैंमा लगाउने गरेको छ । रासस

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : १० बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध