१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

स्वास्थ्य मन्त्रालय बल्ल बोल्यो : खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नू’



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो ।

कतिपय अस्पतालले कोभिड–१९ का बिरामीलाई भर्ना गर्दाको रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचार सेवाबाट वञ्चित गरेको र अस्पतालले रकम जम्मा गर्न सूचना सार्वजनिक गरी खर्च व्यहोर्न नसक्ने बिरामी उपचार पाउनबाट वञ्चित भएको गुनासो आएको थियो ।

मन्त्रालयको आइसिएस कोअर्डिनेटर डा. गुणराज लोहनीले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका बिरामीको उपचार नगरी स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयं जिम्मेवार हुने बताएका छन् ।

लोहनीले गरीब, विपन्न, अशक्त, असहाय र ज्येष्ठ नागरिकको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीका तर्फबाट स्वयं घोषणा भए मात्रै पनि मान्य हुने बताएका छन् ।

लक्षित वर्गको उपचार खर्च सकारले व्यहोर्ने पनि उनले प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र