५ पुस २०८२, शनिबार | December 20, 2025

१० बजेर १९ मिनेटको शुभसाइतमा दशैंको टीका जमरा ग्रहण



काठमाडौं । नेपालीहरुको महान् चाड दशैंको मुख्य दिन विजयादशमी । बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा मान्यजनहरूबाट टीका जमरा ग्रहण गरिएको छ ।

मान्यजनहरूले नवदुर्गाको प्रसादको रुपमा रहेको रातो टीका जमरा लगाइदिएर आशिर्वाद दिएका छन् । रातो टीकालाई शुभसाइतको प्रतिक मानिन्छ भने जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

टीकाको साइत विहान १०ः १९ बजे भएपनि कोजाग्रत पूर्णिमासम्म आफु अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

बडादशैंको दिन उपत्यकाको सडक भने सुनसान देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका विगतका वर्षहरु जस्तो उल्लास भने देखिँदैन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : ३१ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा