१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सर्वसाधारण मजदुरलाई खुलामञ्चमा दशैंको टीका



काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीक लगाइदिएको छ ।

गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दशैंको अवशरमा सर्वसाधारणलाई टीका लगाएको हो ।

खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दशैंको अवशर पारेर टीका लगाइदिएको हो ।

लकडाउन सुरु भएदेखि बाटोमा खाना खवाइरहेको हाम्रो टीमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टीमले सरकारको कमि पुरा गरेको सर्वसाधारणले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टीम लगायका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाई छ ।

हाम्रो टीम लगायतका संस्थाहरुको पहलले ओली सरकारलाई झापड हानेको उनीहरूको भनाई छ ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए ।

कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफकिएसम्म निःशुल्क खाना वितरण गरिने उनले।

आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षमा जस्तो हर्सोल्लास छैन् ।

विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ । उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ३ : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र