५ पुस २०८२, शनिबार | December 20, 2025

सर्वसाधारण मजदुरलाई खुलामञ्चमा दशैंको टीका



काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीक लगाइदिएको छ ।

गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दशैंको अवशरमा सर्वसाधारणलाई टीका लगाएको हो ।

खुलामञ्च लगायत उपत्यकाका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दशैंको अवशर पारेर टीका लगाइदिएको हो ।

लकडाउन सुरु भएदेखि बाटोमा खाना खवाइरहेको हाम्रो टीमले दशैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर हाम्रो टीमले सरकारको कमि पुरा गरेको सर्वसाधारणले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टीम लगायका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाई छ ।

हाम्रो टीम लगायतका संस्थाहरुको पहलले ओली सरकारलाई झापड हानेको उनीहरूको भनाई छ ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताए ।

कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफकिएसम्म निःशुल्क खाना वितरण गरिने उनले।

आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्षमा जस्तो हर्सोल्लास छैन् ।

विश्वव्यापी बनेको कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ । उपत्यकामा संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ३ : २१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता