१७ बैशाख २०८१, सोमबार | April 29, 2024

तातोपानी नाका आजबाट सुचारु हुँदै



काठमाडौं । लामो समय बन्द भएको नेपाल चीनबीचको मुख्य व्यापारिक कारोबार नाका तातापानी नाका आजबाट सञ्चालनमा आएको छ ।

२०७२ सालको भूकम्पपछि निरन्तर बन्द हुँदै आएको यो नाका केही समय अघि खुलेपनि असोज २०देखि पुनः बन्द थियो । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण नेपालमा बढेपछि चिनियाँ अधिकारीहरुले नाका बन्द गरेका थिए । नेपालबाट सामान लाडे गर्न जाने सात जना श्रमिकमा कोरोना संक्रमण देखिएपछि नाका बन्द भएको थियो ।

तर, आज बुधबारबाट तातोपानी नाका पुनः सुचारु हुन लागेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । चीनबाट आएका सामानहरु आजै साँझसम्म तातोपानी भन्सार यार्डसम्म आइपुग्ने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले सिन्धुपाल्चोक प्रशासनलाई जानकारी गराएको छ ।

कोरोना संक्रमणको अवस्था नघटिसकेका कारण सुरक्षा सतर्कता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको छ । नेपालले तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले नै सामान ल्याएर छोड्ने सहमति चिनियाँ अधिकारीहरुसँग भएको छ ।

समझदारीअनुसार सामान ल्याउनका लागि नेपाली श्रमिकहरु चिनियाँ भूमिमा प्रवेश गर्नपर्दैन । दैनिक सात वटासम्म चिनियाँ कन्टेनर नेपाली भन्सास यार्डमा आउने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : ४० बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले