२० मंसिर २०८२, शनिबार | December 6, 2025

औद्योगिक र आर्थिक चेनको विकास गर्ने मन्त्री भट्टको दाबी



कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेको बताएका छन् । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आइतबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका रुपमा मुलुकका चार क्षेत्रलाई अगाडि सारिएको बताए ।

एउटा उत्तर र दुईवटा दक्षिणतिर सुक्खाबन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने भनेका मन्त्री भट्टको भनाई थियो । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको मन्त्री भट्टले बताए ।

“यसरी सबै क्षेत्रलाई समेटेर औद्योगिक र आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्ने भनेका छौँ”, मन्त्री भट्टले भने, “हिजोको जस्तो नारा दिने काम नगर्ने होइन, हामी काम गर्न आएका छौँ ।” उनले देशलाई औद्योगिकीकरण र उत्पादन र श्रमलाई नजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने बताए ।

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने र त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताए । मन्त्रालयको प्राविधिकसहितको उच्चस्तरीय टोली लिएर दोधारा चादँनी पुगेका मन्त्री भट्टले महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै एक हजार बिघा जग्गा सुक्खाबन्दरगाह स्थापनाका लागि लिइने बताए ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : ५४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले