४ असार २०८३, बिहिबार | June 18, 2026

प्रविधिमा फड्को मार्दै कुमारी बैंक, ‘फोनलोन’ नामक नयाँ कर्जा सुविधा संचालनमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘फोनलोन’ नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लिने विश्वास बैंकले लिएको छ ।

आफ्ना देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ०१ बजे

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो दिन रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

मुग्लिन । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

धरान । साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा

ह्यारी केन चम्किए, क्रोएसियामाथि ४-२ को जितसँगै इङ्गल्यान्डको विजयी सुरुवात

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल प्रेरित प्रदर्शनमा इङ्गल्यान्डले

पोर्चुगल र कंंगोको खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को खेलमा